गणतन्त्र र संघीयताको अभ्यासलाई जीवन्त, प्रभावकारी र जनतामुखी बनाऔं: प्रदेश प्रमुख भट्ट
पाेखरा | जेठ १६, २०८२
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गणतन्त्र र संघीयताको अभ्यासलाई जीवन्त, प्रभावकारी र जनतामुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
गण्डकी प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि भट्टले संविधानबाट प्राप्त अधिकार जनताको सेवा र हितमा हुनुपर्नेमा पनि जोड दिनुभयो ।
‘संविधानले संघ, प्रदेश र स्थानीय तहलाई आ–आफ्ना अधिकार र जिम्मेवारी दिएको छ । ती अधिकारको प्रयोग जनताको सेवा र हितमा हुनुपर्छ ।’ उहाँले भन्नुभयो – ‘अधिकारको प्रयोग समन्वयात्मक, पारदर्शी र उत्तरदायी ढंगले गरेमात्रै संघीयताको सफल कार्यान्वयन हुनेछ ।’

स्थानीय सरकारले सेवा नजिक पु¥याएको र प्रदेश सरकारले क्षेत्रीय सन्तुलन र नीतिगत सहजीकरणमा योगदान पु¥याइरहेको उल्लेख गर्दै उहाँले पछिल्ला वर्षहरूमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण, महिला सशक्तिकरण, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा सकारात्मक परिवर्तनको अनुभूति गर्न थालेको उल्लेख गर्नुभयो ।
उहाँले थप्नुभयो – ‘अझै पनि स्रोत साधनको सीमितता, जनशक्ति व्यवस्थापनको चुनौती, नीति र कार्यान्वयनबीचको दूरीजस्ता केही अप्ठ्याराहरू छन्, जसलाई समाधान गर्नु हामी सबैको साझा दायित्व हो । त्यसैले हामी सबैले संविधानमा उल्लेखित भावना र मूल्यमान्यताको रक्षा गर्दै, सहकार्य, समन्वय र साझा उत्तरदायित्वका साथ अघि बढ्नुपर्नेछ ।’



पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

